images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • दराज ११.११ : दराजमलमा ४५०% ब्रान्ड...

दराज ११.११ : दराजमलमा ४५०% ब्रान्ड वृद्धि, ४८% पहिलो पटकका ग्राहक

दराज ११.११ : दराजमलमा ४५०% ब्रान्ड वृद्धि, ४८% पहिलो पटकका ग्राहक

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौँ । दराज नेपालले यस वर्षको ११.११ ‘द बिगेस्ट सेल अफ दि ईयर’ अभियान ऐतिहासिक नतिजासहित सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ। दराजमलमा यस पटक ब्रान्डहरूले ४५०% सम्मको वृद्धि हासिल गरेको कम्पनीले जनाएको हो ।नोभेम्बर १० (राति ८ बजे) देखि नोभेम्बर २१ सम्म चलेको यो अभियानमा लाखौँ नेपाली उपभोक्ताले भारी छुट, दुई करोड रुपैयाँभन्दा बढी मूल्यका विशेष भाउचर, र क्युरेटेड डिलहरूको लाभ उठाएका थिए। समग्र बिक्रीमध्ये ४८% हिस्सा पहिलोपटक अनलाइन किनमेल गर्ने ग्राहकले योगदान गरेका छन्।

    images
    images

    यो वर्षको ११.११ देशभरका विक्रेताहरूका लागि पनि ऐतिहासिक रह्यो। ६,००० भन्दा बढी विक्रेताले गत वर्षको प्रदर्शनलाई पछि पार्दै २०२५ कै सर्वाधिक सफल अभियानका रूपमा स्थापित गरे। यस वर्ष रेडमी, ग्लेन, भिभो, प्यानासोनिक लगायतका ब्रान्डहरू तीव्र गतिमा वृद्धि हात पार्न सफल भए।

    नेपालमा क्यासलेस अर्थतन्त्रतर्फको व्यापक झुकावसहित, यसपटकको ११.११ मा ३५% भन्दा बढी खरिद डिजिटल भुक्तानीमार्फत (वालेट र कार्ड) सम्पन्न भएका थिए। डेलिभरी गतिमा पनि उल्लेख्य सुधार गर्दै, सबैभन्दा छिटो अर्डर ६ घण्टामा डेलिभरी भएको थियो। सबैभन्दा टाढाको डेलिभरी ९५२ किमी यात्रा पूरा गर्दै विराटनगरदेखि भीमदत्तसम्म गरिएको थियो।दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, ‘११.११ ले फेरि पनि डिजिटल वाणिज्यको शक्तिले कसरी नेपाललाई अझ नजिक ल्याउँछ भन्ने प्रमाणित गर्न सफल भएको छ ।’ उनले नेपाली व्यवसायलाई सबल बनाउन र ग्राहक अनुभव उकास्न पाएकोमा गर्व व्यक्त गरेकी छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend