images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • गोलभेँडाको मूल्य एक दिनमै ९ प्रतिशतले...

गोलभेँडाको मूल्य एक दिनमै ९ प्रतिशतले घट्यो

गोलभेँडाको मूल्य एक दिनमै ९ प्रतिशतले घट्यो

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौँ । कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य एक दिनमै ९ प्रतिशतसम्म घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरणअनुसार सानो भारतीय गोलभेँडाको मूल्य ९.४१ प्रतिशतले घटेको हो ।

    images
    images

    मंगलबार (हिजो) प्रतिकिलो ८५ रुपैयाँ औसत मूल्य रहेको सानो भारतीय गोलभेँडा बुधबार(आज) ७७ रुपैयाँ औसत मूल्य कायम भएको छ । यस्तै सानो तराई गोलभेँडा हिजो १०५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेकोमा आज ८.१९ प्रतिशतले घटेर ९६.४० रुपैयाँ औसत मूल्य रहेको छ । यस्तै  लोकल सानो गोलभेँडा ५.८८ प्रतिशतले घटेर प्रतिकिलो ८० रुपैयाँ औसत मूल्य रहेको छ । हिजो लोकल सानो गोलभेँडाको मूल्य ८५ रुपैयाँ प्रतिकिलो रहेको थियो । 

    भारतीय ठुलो गोलभेँडा पनि ४.३५ प्रतिशतले घटेर ११० रुपैयाँ औसत मूल्य कायम भएको छ । हिजो ११५ रुपैयाँ रहेको थियो ।यस्तै नेपाली ठुलो गोलभेँडा र सानो टनेल गोलभेँडाको मूल्य स्थिर रहेको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend