images

२०८३ आश्विन १७ गते

images
images
images

मेटलाइफको बीमा अब मोबाइल एपबाटै

मेटलाइफको बीमा अब मोबाइल एपबाटै

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौं । मेटलाइफ नेपालको बीमा पोलिसी अब मोबाइल एपबाटै खरिद गर्न सकिने भएको छ। मेटलाइफ नेपालले आफ्नो डिजिटल पहुँच विस्तार गर्ने क्रममा 'बीमा गोजिमा' (नियोअस्योर इन्स्योरेन्स एजेन्ट) सँग साझेदारी गरेपछि यो सुविधा थपिएको हो।सम्झौता अनुसार ग्राहकहरूले अब 'बीमा गोजिमा' एपमार्फत केही व्यक्तिगत विवरण भरेरै मेटलाइफका विशेष सुरक्षा प्याकेजहरू खरिद गर्न सक्नेछन्। यसले बीमा गर्ने प्रक्रियालाई कागजविहीन, छिटो र झन्झटरहित बनाएको कम्पनीले जनाएको छ।

    images
    images

    के-के सुविधाहरू पाइन्छ ?

    यस साझेदारीअन्तर्गत ‘सरल ग्रुप अफिनिटी प्याकेज’ सार्वजनिक गरिएको छ। एपमार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार निम्न सुरक्षाहरू छान्न सक्नेछन् :

    images
    images

    जीवन बीमा (Term Life Insurance)
    दुर्घटना तथा स्थायी अशक्तता सुरक्षा
    गम्भीर रोग सुरक्षा (Critical Illness Cover): तोकिएका गम्भीर रोग लागेमा आर्थिक सहायता पाइने।
    दुर्घटना उपचार खर्च (Accidental Medical Reimbursement): दुर्घटनाका कारण हुने उपचार खर्च कभर हुने।

    ग्राहकहरूले यी सुविधाहरूमध्ये कुनै एक वा आवश्यकता अनुसार प्याकेज बनाएर (जस्तै: जीवन बीमासँगै दुर्घटना वा गम्भीर रोगको सुरक्षा मिलाएर) खरिद गर्न सक्नेछन्।मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले यो सहकार्यले डिजिटल बीमा पहुँचलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, 'हामी ग्राहकलाई सरल र भरपर्दो सेवा दिन चाहन्छौं। यो सम्झौताले ग्राहकलाई अझ पारदर्शी र छिटो तरिकाले आफ्नो भविष्य सुरक्षित गर्न मद्दत गर्नेछ।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend