images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • आज सामान्य अंकले घट्यो नेप्से, ४...

आज सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ४८ करोडको कारोबार

आज सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ४८ करोडको कारोबार

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड माथिको सेयर कारोबार भएको छ । आज १२५ कम्पनीको सेयर मूल्य बढ्दा ११९ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज युनियन हाइड्रोपावरको सर्वाधिक ३१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    यसदिन ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज सागर डिष्टिलरी स्वास्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका हुन् ।ग्रीन भेन्र्चसका लगानीकर्ता आज सर्वाधिक ९.८६ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend