images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • गोलभेँडाको मूल्य एक सातामा ३२ प्रतिशतसम्म...

गोलभेँडाको मूल्य एक सातामा ३२ प्रतिशतसम्म घट्यो

गोलभेँडाको मूल्य एक सातामा ३२ प्रतिशतसम्म घट्यो

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौँ । एक सातामा गोलभेँडाको मूल्य ३२ प्रतिशतसम्म घटेको छ । कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको मूल्य विवरणअनुसार मंगलबार (आज) भारतीय सानो गोलभेँडा ३२ प्रतिशतले घटेर औसत मूल्य ८५ रुपैयाँ कायम भएको छ । गत  साता यो गोलभेँडा १०५ रुपैयाँ प्रतिकिलो रहेको थियो । 

    images
    images

    यस्तै लोकल सानो गोलभेँडा १९.०५  प्रतिशतले घटेर प्रतिकिलो ८५ रुपैयाँ औसत मूल्य कायम भएको छ । अघिल्लो साता लोकल सानो गोलभेँडा प्रतिकिलो १०५ रुपैयाँ औसत मूल्य रहेको थियो । सानो टनेल गोलभेँडा १७.२९ प्रतिशतले घटेको छ । यो गोलभेँडा अघिल्लो साता प्रतिकिलो १३३ रुपैयाँ औसत मूल्य रहेकोमा आज ११० रुपैयाँ औसत मूल्यमा कायम भएको छ । 

    सानो तराई गोलभेँडा १६ प्रतिशतले घटेको छ, अघिल्लो साता १२५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको यो गोलभेँडा आज १०५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend