images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • तनहुँमा सात सय सत्तरी साना उद्योग...

तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए

तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए

images
images
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं ।  तनहुँ- आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन्। उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन्।

    images
    images

    उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १५ लाख कम राजस्व संकलन गरेको छ। आव २०७९/८० मा ६६ लाख चार हजार दुई सय राजस्व संकलन गरेको यो कार्यालयले आव २०८०/८१ मा ५१ लाख चार हजार आठ सय राजस्व संकलन गरेको जनाएको छ।

    ‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ,आव २०८०/८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्’,कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने।

    images
    images

    त्यसैगरी, २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन्। चालु आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend