images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • विद्युत् प्राधिकरणले बक्यौता तिर्न आलटाल गर्ने...

विद्युत् प्राधिकरणले बक्यौता तिर्न आलटाल गर्ने तीन उद्योगको विद्युत् काट्यो

विद्युत् प्राधिकरणले बक्यौता तिर्न आलटाल गर्ने तीन उद्योगको विद्युत् काट्यो

images
images
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न आलटाल गर्ने तीन उद्योगको विद्युत् काटेको छ ।

    images
    images

    प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र काटे पनि तिर्न नआएको भन्दै रिलायन्स स्पेनिङ मिल्स, रिलायन्स स्पेनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट विद्युत् काटेको हो ।

    रिलायन्स ६० करोड २९ लाख, घोराही र अर्घाखाँची सिमेन्ट क्रमशः ४० करोड ६८ लाख र ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । यी उद्योगहरूलाई प्राधिकरणले २५ प्रतिशत जरिवाना सहित बिल पठाएको छ ।

    images
    images

    रिलायन्स स्पिनिङ मिल्सले असार २७ गते आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले बुक बिल्डिङमार्फत प्रिमियम मूल्य (प्रतिकित्ता ८२०.८० रुपैयाँ) मा आईपीओ ल्याउन लागेको हो ।

    २ करोड ६० लाख अधिकृत पूँजीमा २०५१ चैतमा रिलायन्स स्पिनिङ मिल्सको स्थापना भएको थियो । सर्वसाधारणबाट कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ उठाउन लागेको छ ।

    प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको बक्यौता उठाउनलाई उद्योगहरूलाई बिल पठाएको हो । उद्योगहरूले ६ अर्बभन्दा धेरै बक्यौता तिर्न बाँकी रहेको छ ।

    प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगहरूको क्रमशः लाइन काट्ने बताएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापत बक्यौता उठाउने काम सुरु भएको बताए ।

    घिसिङले भने, ‘मन्त्रिपरिषदले २०७२ माघदेखि २०७५ वैशाखसम्म बक्यौता उठाउने निर्णय गरेको छ । त्यही निर्णयअनुसार ऊर्जा मन्त्रालयले बक्यौता उठाउन प्राधिकरणलाई पत्र पठाएको छ । हामीले पनि १५ दिनभित्र बक्यौता बुझाउनका लागि उद्योगलाई पत्र पठाएका थियौँ । तर, बक्यौता तिर्न नआएपछि लाइन काट्न सुरु भएको हो । २०७२ माघदेखि २०७५ वैशाखसम्म उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता हो । त्यसको जरिवानासहित करिब साढे ८ अर्ब हुन आउँछ । प्राधिकरणले त्यो बक्यौता उठाउँछ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend