images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सेबोनद्वारा भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता...

सेबोनद्वारा भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन अनुमति

सेबोनद्वारा भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन अनुमति

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । हाल भुजुङ्ग हाइड्रोपावरमा संस्थापक समूहको ८० प्रतिशत शेयर स्वामित्व छ । कम्पनीको हालको ८० करोड रुपैयाँ चुक्तापूँजी आईपीओपछि बढेर १ अर्ब रुपैयाँ पुग्नेछ ।

    images
    images

    कम्पनीले लमजुङ जिल्लामा ७।५ मेगावाट क्षमताको ‘अपर मिदि जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार सो आयोजना २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ ।भुजुङ्ग हाइड्रोपावरले २०७६ भदौ २६ गते विद्युत उत्पादन लाइसेन्स प्राप्त गरेको थियो, जसको अवधि २१११ भदौ २५ गतेसम्म कायम रहनेछ । यस आईपीओ जारी भएपछि परियोजनाको लगानी संरचना थप सुदृढ हुने तथा कम्पनीको दीर्घकालीन वित्तीय क्षमतामा सुधार आउने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend