images

२०८३ आश्विन १९ गते

images
images
images

गोलभेँडाको भाउ होलसेलमै किलोको १४५ रुपैयाँ

गोलभेँडाको भाउ होलसेलमै किलोको १४५ रुपैयाँ

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • ९ मंसिर, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ निरन्तर उकालो लागिरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत १२ रुपैयाँ बढेको छ ।हिजो सोमबार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम १ सय ५ देखि अधिकतम १ सय १५ र औसत १ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज भने भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम  १ सय १० देखि अधिकतम १ सय ३५ र औसत १ सय २२ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    यस्तै टनेलको सानो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम १ सय २० देखि अधिकतम १ सय ४५ र औसात १ सय ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार टनेलको सानो गोलभेँडा न्यूनतम १ सय ४ देखि अधिकतम १ सय १ सय ३० र औसत १ सय १८ रुपैयाँमा किनबेच भएको थियो ।यस्तै आज लोकल गोलभेँडा पनि प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम १ सय १० रुपैयाँसम्म किनबेच भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend