images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डबाट सालपा विकास बैंकले ...

धितोपत्र बोर्डबाट सालपा विकास बैंकले पायो आईपीओ निष्कासनको अनुमति

धितोपत्र बोर्डबाट सालपा विकास बैंकले पायो आईपीओ निष्कासनको अनुमति

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौं।  नेपाल धितोपत्र बोर्डबाट सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।धितोपत्र बोर्डले सोमबार सालपा विकास बैंकलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ बिक्री गर्नेछ।

    images
    images

    यो आईपीओ बिक्रीपछि सालपा विकास बैंक चुक्तापुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ पुग्नेछ। हाल बैंकमा संस्थापक सेयरधनीको ३५ करोड रुपैयाँ लगानी रहेको छ। आईपीओ बिक्रीपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ६७ प्रतिशत र सर्वसाधारणको ३३ प्रतिशत हुनेछ।बैंकको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend