images

२०८३ आश्विन १९ गते

images
images
images

गोलभेँडाको मूल्य बढ्यो

गोलभेँडाको मूल्य बढ्यो

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • बजारमा गोलभेँडाको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। समितिको तथ्यांक अनुसार बजारमा गोलभेँडा ठूलो, सानो लोकल र सानो टनेल गरी तीन प्रकारको हुन्छ। अहिले गोलभेँडा स्वदेशीसँगै भारतबाट पनि आयात भइरेको छ। ठूलो गोलभेँडा सलादका लागि होटल तथा रेष्टुरेन्टमा बढी खपत हुन्छ भने साना लोकल र टनेल गोलभेँडा दैनिक घरायसी भान्सामा प्रयोग हुन्छ।

    images
    images

    सोमबार कालीमाटी बजारमा ठूलो भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो एक सय पाँच देखि एक सय १५ रूपैयाँ छ। त्यस्तै, भारतीय सानो गोलभेँडाको मूल्य एक सय १० देखि एक सय ३० रूपैयाँछ। स्वदेशी सानो लोकल गोलभेँडाको मूल्य ८५ देखि एक सय, टनेल एक सय ४ देखि एक सय ३० रूपैयाँ र तराई गोलभेँडा एक सय एक सय २० देखि एक सय ३० रूपैयाँ छ। 

    गत साता ठूलो भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ९० देखि एक सय रूपैयाँमा कारोबार भएको थियो। भारतीय सानो गोलभेँडा ७० देखि ८० रूपैयाँमा कारोबार भएको थियो।  त्यस्तै, स्वदेशी सानो लोकल गोलभेँडा भने किलोको ४० देखि ५० रूपैयाँ र टनेल गोलभेँडा ७५ देखि ९० रूपैयाँमा कारोबार भएको थियो। माग अनुसारको उत्पादन नहुँदा मूल्य बढेको व्यवसायीहरूको भनाइ छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend