images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • मकवानपुरमा एकै वर्ष ६ सयभन्दा धेरै...

मकवानपुरमा एकै वर्ष ६ सयभन्दा धेरै उद्योग बन्द

मकवानपुरमा एकै वर्ष ६ सयभन्दा धेरै उद्योग बन्द

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । मकवानपुरमा आर्थिक मन्दीलगायत कारणले आर्थिक वर्ष २०८०/८१ मा ६ सय १० वटा उद्योग बन्द भएका छन् ।

    images
    images

    मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २ सय ६८ र वाणिज्यतर्फका ३ सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २ सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।

    आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए ।

    images
    images

    मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । सो आवमा उद्योगतर्फ ३ सय ६६ र वाणिज्यतर्फ ३ सय ३५ गरी ७ सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताए । आव २०७९/८० मा उद्योगतर्फ ५ सय ७९ र वाणिज्यतर्फ ४ सय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए ।

    आव २०८०/८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, १ हजार १ सय ८ वटा नवीकरण, ४ सय ९८ वटाको पुँजी वृद्धि गरिएको थियो ।सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, ८ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, १ हजार ४ सय २२ वटा उद्योगको नवीकरण भएको छ ।

    नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा ३ करोड २२ लाख ४९ हजार ९ सय १० रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend