काठमाडौं । आईसीएफसी फाइनान्सले साधारणसभा घोषणा गरेको छ । सोमबार सूचना जारी गर्दै फाइनान्सले आगामी मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोटमा बस्नेगरी २२ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
सभामार्फत् यसअघि सञ्चालक समितिले पारित गरेको १५.७८९५ प्रतिशतका दरले दिने नगद लाभांश (कर प्रयोजनार्थ सहित) स्वीकृत गर्ने कार्यतालिका रहेको छ ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।




.gif)



