images

२०८३ आश्विन २३ गते

images
images
images

गुणस्तर तथा नापतौल कार्यालयको राजस्व वृद्धि

गुणस्तर तथा नापतौल कार्यालयको राजस्व वृद्धि

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । (भद्रपुर, झापा) गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा ५८ लाख ४५ हजार आठ सय ५५ राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० को तुलनामा यो दुई सय दुई दशमलव ३९ प्रतिशतले बढी हो ।

    images
    images

    उक्त कार्यालयका प्रमुख सुनिलकुमार यादवका अनुुसार आव २०७९/८० मा २८ लाख ८८ हजार तीन सय ५३ राजस्व सङ्कलन भएको थियो । यसैगरी, आव २०७८/७९ मा १६ लाख ६२ हजार दुई सय १७ राजस्व सङ्कलन भएको उनले बताए ।

    विगतका वर्षहरुभन्दा नाप्नेतौलने यन्त्रको नयाँ अनुमतिपत्र लिनेको सङ्ख्यमा वृद्धि, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरुको सङ्ख्या बढ्नु तथा जरिवाना तिर्नेहरुको सङ्ख्या बढ्दा राजस्व बढेको कार्यालय प्रमुख यादवले बताए ।

    images
    images

    उनका अनुसार आव २०८०/८१ मा नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोगका लागि एक हजार पाँच सय २६ नयाँ अनुमतिपत्र प्रदान गरिएको, २२ वटाको इजाजतपत्र नवीकरण, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरुको सङ्ख्या दुई हजार नौ सय आठ थियो ।साबिक मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको गुणस्तर तथा नापतौल कार्यालयले गत आवमा दुई हजार छ सय ३५ थप शुल्क तथा जरिवाना तिर्ने व्यवसायी रहेका जनाएको छ ।

    कार्यालयले ३१ पटकमा दुई सय ३३ वटा फर्मको एकल अनुगमन गर्दा २८ पटकमा दुई सय ७२ वटा फर्मको संयुक्त अनुगमन भएको थियो । कार्यालयले एक वर्षमा पेट्रोलिय पदार्थ वितरण गर्ने ६० पम्पको जाँच तथा दुई सय आठ पेट्रोलिय पम्पको नोजल जाँच गरेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend