images

२०८३ आश्विन २० गते

images
images
images

नेप्से पुनर्संरचनाका लागि सुझाव समिति गठन

नेप्से पुनर्संरचनाका लागि सुझाव समिति गठन

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाको विषयमा नयाँ सरकारले पनि चासो देखाएको छ । अर्थ मन्त्रालयको सिफारिसमा एक अध्ययन सुझाव समिति गठन गरिएको छ ।

    images
    images

    नेपाल लेखामान बोर्डका पूर्व अध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित ५ सदस्यीय समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला छन् । त्यसबाहेक समितिमा नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहनेछन् ।

    समितिलाई ५० दिनको कार्यादेश दिइएको छ । जसमा नेप्सेको वर्तमान संरचना, कार्य प्रणाली र प्रविधिमा आवश्यक सुधारका विषयमा विस्तृत अध्ययन गरी ठोस सुझावसहितको प्रतिवेदन पेश गर्नु पर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend