काठमाडौं । इन्डेक्स एक्स्चेन्ज यूएईले नेपाली ग्राहकहरूलाई लक्षित गरि विशेष योजना ल्याएको छ । यूएईमा रहेको विभिन्न एक्स्चेन्जहरू मध्ये अग्रस्थानमा रहेको एक्स्चेन्जले नेपाली ग्राहकहरूका लागि छुट्टै योजना ल्याएको हो ।
एक्स्चेन्जले हरेक बर्षहरूमा जस्तै यस वर्षपनि ‘वीन अ मिलियन’ को तेस्रो संस्करण लिएर आएको छ। जस अन्तर्गत यूएईमा रहेका नेपालीहरूले इन्डेक्स एक्स्चेन्जबाट नेपाल पैसा पठाउदा लक्की ड्र मार्फत नगद १० लाख रूपैयाँ साथै धेरैभन्दा धेरै नेपालीहरूले नेपाल जाने हवाई टिकट उपहार जित्न सक्ने एक्स्चेन्जले जनाएको छ ।
इन्डेक्स एक्स्चेन्ज यूएईले पछिल्ला वर्षहरूमा पनि नेपाली समुदायहरूलाई लक्षित गरि ल्याइएका योजनाहरुमा धेरै नेपालीहरू लाभान्वित भएका थिए। एक्स्चेन्जले केही समय अधि ल्याएको योजना अन्तर्गत रुपन्देहीका नुरुद्दीन चुरिहारले नेपालमा घर समेत जितेका थिए । जसको कारण उनको जीवनमा ठुलो परिर्वतन आयो। यसरी नै एक्स्चेन्जले ल्याएको बम्पर योजनाले धेरै नेपालीहरूले लाखौ नगद, सुनका सिक्का लगायत अन्य धेरै मुल्यवान पुरस्कार राशी जितेर आफ्नो आर्थिक स्थिती सुधार गरिसकेका छन्।
नेपाल र नेपाली समुदायको हीतको निम्ति, नेपालको अर्थतन्त्र उकास्नको लागि वैधानिक विप्रेषण बढाउन साथै यूएईमा रहेका नेपालीहरू वीच विविध सचेतना कार्यक्रम, वैधानिक विप्रेषण तर्फ आकर्षित गर्न श्रमिकका लागि ‘वीन अ मिलियन’ को तेस्रो संस्करण जस्ता योजना ल्याइएको इन्डेक्स एक्स्चेन्ज यूएईका कार्याकारी प्रमुख सैयेद अब्दुस सलामले बताए ।
एक्स्चेन्जले नेपाल र यूएईमा रहेका नेपालीहरूलाई संदैव प्राथमिकतामा राखेर हरेक वर्ष नेपाली समुदायलाई लक्षित गरि कार्यक्रम अनि योजना ल्याइ समुदायसँग प्रत्यक्ष जोडिरहेको इन्डेक्स एक्स्चेन्जका प्रमुख व्यवसाय प्रवन्धक मिर के रसूलले जानकारी दिए ।
यो योजना ‘वीन अ मिलियन’ को तेस्रो संस्करण ११ सेप्टेम्बर २०२४ बाट सुरु भइ ३१ अक्टोबर २०२४ सम्म रहने छ । एक्स्चेन्जले उक्त योजनामा भाग लिइ वैधानिक माध्यमबाट नेपाल पैसा पठाउन यूएईमा रहेका नेपालीहरूलाई अनुरोध समेत गरेको छ ।




.gif)





