images

२०८३ आश्विन २३ गते

images
images
images

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, बोलकबोल कहिले ?

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, बोलकबोल कहिले ?

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौं । सरकारले विकास ऋणपत्र थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । 

    images
    images

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४’ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । 

    विकास ऋणपत्र २०८१ को भदौ २६ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह  ३ बजेसम्म बोलकबोल हुनेछ भने भदौ २७ गते बिहीबार निष्कासन हुने जनाइएको छ ।

    images
    images

    यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।


    विसं २०८४ भदौ २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । 

    न्यूनतम ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ ५ लाखले भाग लिँदा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जबाट हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend