images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • दाङमा खाद्यद्वारा ६९ लाखभन्दा बढिको धान...

दाङमा खाद्यद्वारा ६९ लाखभन्दा बढिको धान खरिद

दाङमा खाद्यद्वारा ६९ लाखभन्दा बढिको धान खरिद

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • घोराही, कात्तिक ३० गते । दाङको गढवा गाउँपालिकामा किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ६९ लाखभन्दा बढि मूल्यको धान खरिद गरेको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही कात्तिक २४ देखि २८ गतेसम्म ८० जना किसानको ६९ लाख २७ हजार छ सय २० रूपियाँ मूल्यको दुई हजार क्वीन्टल धान खरिद गरेको सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभएको छ ।  

    images
    images

    जिल्ला प्राथमिक खरिद समिति दाङले तोकेअनुसार गढवा गाउँपालिकामा किसानसँग धान खरिद गरिएको बताउनुभयो । गढवा गाउँपालिकामा धान खरिद सकिएपछि आइतबारदेखि लमही नगरपालिकामा किसानसँग धान खरिद गर्न थालिएको बताउनुभयो ।सूचना अधिकारी डाँगीले भन्नुभयो, ‘‘केन्द्रले दाङमा धान खरिद गर्नका लागि तोकेको पाँच हजार क्वीन्टल कोटामध्ये जिल्लाका तीन स्थानीय तहसँग खरिद गर्ने सम्झौता छ । सोही अनुसार गढवा गाउँपालिकाबाट दुई हजार क्वीन्टल धान खरिद गर्ने काम सकेका छौँ, अब लमही नगरपालिकामा सुरु गर्दैछौँ ।’’  सूचना अधिकारी डाँगीका अनुसार लमही नगरपालिका एक हजार पाँच सय क्वीन्टन धान किसानसँग खरिद गरिनेछ । उहाँका अनुसार लमहीमा प्रति किसान अधिकतम १५ क्वीन्टलसम्म धान खरिद गरिने छ । खाद्यले गढवामा प्रति किसान अधिकतम ४० क्वीन्टलसम्म धान खरिद गरेको थियो ।

    लमही नगरपालिकापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राप्ती गाउँपालिकाबाट पनि एक हजार पाँच सय क्वीन्टल धान खरिद गर्ने कार्यक्रम रहेको सूचना अधिकारी डाँगीले जानकारी दिनुभएको छ । प्रति क्वीन्टल तीन हजार चार सय ६३ रूपियाँ ८१ पैसाका दरले किसानसँग धान खरिद गरिरहेको छ ।सूचना अधिकारी डाँगीका अनुसार धान खरिदका लागि खाद्यले किसानलार्ई नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, बैंक खाता प्रमाणित हुने चेकको प्रतिलिपि र पालिकामा रहेको कृषि शाखाको सिफारिसपत्रका आधारमा धान खरिद गर्ने गरेको छ । जिल्लामा गतवर्ष खाद्यले आठ हजार क्वीन्टल धान खरिद गर्ने परिचयपत्र भएकोमा एक हजार छ सय क्वीन्टल मात्र धान खरिद गरेको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend