images

२०८३ आश्विन १९ गते

images
images
images

प्रवासमा नेपाली नेतृत्वको चमक, विनोद पौडेल

प्रवासमा नेपाली नेतृत्वको चमक, विनोद पौडेल

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • सिड्नी, अष्ट्रेलिया, नेपाली मूलका अष्ट्रेलियाली राजनीतिज्ञ विनोद पौडेल २०२५ को अष्ट्रेलियाली आम चुनावमा लिबरल पार्टीको तर्फबाट म्याकार्थर (Macarthur) संघीय सिट का उम्मेदवार बनेपछि नेपाली तथा स्थानीय अष्ट्रेलियाली समुदायमा चासोको विषय बनेका छन्।

    images
    images

    चितवन, नेपालमा जन्मिएका पौडेल धेरै वर्ष अघि अष्ट्रेलिया आएका थिए र हाल सिड्नीको मिन्टो क्षेत्रमा बसोबास गर्दै आएका छन्। नेतृत्व प्रशिक्षक, साना व्यवसायका अधिवक्ता तथा रोटरी क्लब अफ क्याम्पबेलटाउन का पूर्व अध्यक्षका रूपमा उनी स्थानीय समुदायमा सक्रिय रूपमा संलग्न हुँदै आएका छन्। साथै, पौडेलले NSW State Emergency Service (SES) मा स्वयंसेवा गर्दै सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता पनि देखाएका छन्।

    २०२५ को संघीय चुनावमा उनका प्रमुख एजेन्डाहरूमा बढ्दो जीवनयापन खर्च, स्थानीय पूर्वाधार सुधार, साना व्यवसायहरूको सुदृढीकरण तथा वातावरण संरक्षण जस्ता मुद्दाहरू प्रमुख रूपमा परेका थिए।

    images
    images

    अंग्रेजी नबोल्ने पृष्ठभूमिबाट आएका एक साधारण मध्यमवर्गीय परिवारका प्रतिनिधि भएर अष्ट्रेलियाको मुख्यधारको राजनीतिमा प्रवेश गर्नु पौडेलका लागि सजिलो यात्रा थिएन। तर विदेशी भूमिमा चुनौतीपूर्ण राजनीतिक प्रक्रियामा आफ्नो पहिचान बनाउँदै अगाडि बढ्नु उनका दृढ संकल्प, मेहनत र नेतृत्व क्षमताको दर्सन रूपमा हेरिएको छ।

    चुनावमा उनले जित हासिल गरे वा नगरे, अष्ट्रेलिया र नेपाल दुवै ठाउँमा बसोबास गर्ने हजारौं नेपालीहरूका लागि विनोद पौडेलको राजनीतिक यात्राले प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend