मेलबर्न, अष्ट्रेलिया – अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा आफ्नो विशिष्ट पहिचान बनाएका डा. राजु अधिकारी आज विश्वका अग्रणी सामग्री वैज्ञानिक (materials scientist) मध्ये एकका रूपमा चिनिन्छन्। CSIRO मा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत उहाँलाई Elast-EonTM, NovoSorbTM जस्ता अत्याधुनिक बायोमेडिकल प्लेटफर्म टेक्नोलोजीका सह–आविष्कारकका रूपमा विशेष सम्मान प्राप्त छ। साथै, विश्वभर प्रयोगमा आउन थालेको स्प्रे बायोडिग्रेडेबल पोलिमर मल्च (TranspiratiOnal) टेक्नोलोजीका आविष्कारक पनि उहाँ नै हुन्।
डा. अधिकारीका १०० भन्दा बढी अन्तर्राष्ट्रिय अनुसन्धान प्रकाशन, ११९०० भन्दा बढी उद्धरण, h-इन्डेक्स ४६ र २८ पेटेन्टहरूले उहाँको वैज्ञानिक योगदानको अन्तर्राष्ट्रिय प्रभाव स्पष्ट देखाउँछ। उहाँ हाल RMIT विश्वविद्यालयको STEM Hub मा सहायक एसोसिएट प्रोफेसर हुनुका साथै जेनेभास्थित Emotional Well-being Institute (EWBI) का उपाध्यक्ष तथा अनुसन्धान निर्देशक समेत हुनुहुन्छ।
वैज्ञानिक उपलब्धि सँगै सक्रिय सामुदायिक नेतृत्व, बिज्ञान र प्रविधिमा योगदान दिँदै आएका डा. अधिकारी समुदायमा पनि उत्तिकै सक्रिय छन्। उहाँले NAV, HeNN Australia, FeNCAA, AMON, NSFT, SKI–NRNA जस्ता थुप्रै संस्थाहरूको स्थापना गरी नेतृत्व गर्नुभएको छ। साथै, उहाँ Nourish Nation Foundation (NNF) का CEO तथा Smart Health Global (SHG) का Global Research Director पनि हुनुहुन्छ।
नेपाल ओपन युनिभर्सिटी इनिसिएटिभ्सका मुख्य प्रस्तावक सदस्यमध्ये एकका रूपमा पनि उहाँको भूमिका महत्वपूर्ण मानिन्छ।
सल्लाहकार भूमिकामा विशिष्ट योगदान, डा. अधिकारी ग्रेटर जिलोङ नेपाली संघका संरक्षक, Eastern Volunteers (EV) का बोर्ड सदस्य, Victorian Multicultural Commission (VMC) का क्षेत्रीय सल्लाहकार परिषद् सदस्य तथा Ethnic Communities’ Council of Victoria (ECCV) का सक्रिय सदस्यका रूपमा समेत कार्यरत छन्।
पुरस्कार र मान्यता, विज्ञान, प्रबन्धन तथा समुदायसेवामा योगदानका लागि उहाँले CSIRO पदक, NAST–नेपाल सरकारबाट Diaspora S&T Award, VMC उत्कृष्ट सामुदायिक सेवा पुरस्कार (दुई पटक), भिक्टोरिया सरकारले प्रदान गर्ने स्वयंसेवक मान्यता लगायत धेरै प्रतिष्ठित सम्मानहरू प्राप्त गर्नुभएको छ।
वैज्ञानिक नवप्रवर्तनदेखि सामाजिक नेतृत्वसम्म, डा. अधिकारीको बहुआयामिक व्यक्तित्वले नेपाली र विश्व वैज्ञानिक समुदायमा प्रेरणादायी उदाहरण स्थापित गरिरहेको छ।




.gif)





