images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार...

अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने

अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं ।अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ ।

    images
    images

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आइएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिएका अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

    आइएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकता हुन्भन्दै नेपालमा लगानी फराकिलो पार्न आफू प्रतिबद्ध रहेको बताए ।

    images
    images

    अर्थमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक भएको बताउँदै अर्थमन्त्री पौडेलले देशको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend