images

२०८३ आश्विन १६ गते

images
images
images

दाङमा खाद्यले धान खरिद गर्न सुरु

दाङमा खाद्यले धान खरिद गर्न सुरु

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • घोराही, कात्तिक २४ गते । दाङको देउखुरीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग धान खरिद गर्न सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले सम्झौता अनुसार गढवा गाउँपालिका–५ गढवाबाट किसानसँग धान खरिद गर्न सुरु गरेको हो ।धान खरिदका लागि किसानको अभिलेखिकरणसँगै खरिद गर्न सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार खाद्यले सोमबार धान खरिद गर्न सुरु गरेपछि धान बिक्रीका लागि बिहानैदेखि किसान लाइनमा बसेका छन् ।  खाद्यले गढवामा दुई हजार क्वीन्टल धान खरिद गर्ने भएको सूचना अधिकारी डाँगीले बताउनुभयो ।

    images
    images

    सूचना अधिकारी डाँगीका अनुसार खाद्यले यो वर्ष दाङमा पाँच हजार क्वीन्टल धान खरिद गर्ने भएको छ । उहाँका अनुसार खाद्यले यस वर्ष धान खरिदका लागि गढवासँगै लमही नगरपालिका र राप्ती गाउँपालिका किसानका किसानको धान खरिद गर्ने भएको छ ।

    तत्कालका लागि दाङमा पाँच हजार क्वीन्टल धान खरिद गर्ने केन्द्रबाट परिपत्र भएको भन्दै सूचना अधिकारी डाँगीले धान धेरै आएमा कोटा बढ्नसक्ने बताउनुभयो । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल मूल्य तीन हजार चार सय ६३ रुपियाँ ८१ पैसा र मध्यम धानको मूल्य तीन हजार छ सय २८ रुपियाँ ३३ पैसा निर्धारण गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend