images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • बेमौसमी वर्षाबाट धानबालीमा क्षति भएपछि क्षतिपूर्तिको...

बेमौसमी वर्षाबाट धानबालीमा क्षति भएपछि क्षतिपूर्तिको मागसहित हेटौंडामा र्याली

बेमौसमी वर्षाबाट धानबालीमा क्षति भएपछि क्षतिपूर्तिको मागसहित हेटौंडामा र्याली

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • हेटौंडा,२४ गते कार्तिक । बेमौसमी वर्षाबाट धानबालीमा ठूलो क्षति पुगेपछि क्षतिपूर्ति र किसानका दीर्घकालीन माग सम्बोधनको लागि राष्ट्रिय किसान संजालद्वारा आयोजना गरिएको दबाबमूलक कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ ।बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सो कार्यक्रम हेटौंडाको स्कुलरोडबाट सुरु भई बुद्धचोकसम्म र्याली निकालेर टुंगिएको थियो ।

    images
    images

    कार्यक्रममा सहभागी किसानहरूले तत्काल पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा स्थायी समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।राष्ट्रिय किसान संजालका अनुसार बेमौसमी वर्षाले प्रदेशभरका किसानको धानबालीमा ठूलो क्षति पु¥याएको छ । क्षतिको विवरण संकलन गरी तत्काल क्षतिपूर्ति उपलब्ध गराउन संगठनले सरकारसमक्ष बलियो माग राखेको छ । साथै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा नापजाँच गरी लालपूर्जा वितरण प्रक्रियालाई गतिशील बनाउन भूमि आयोगलाई सक्रिय बनाउनु पर्ने माग पनि प्रमुख रूपमा प्रस्तुत गरिएको थियो ।

    किसानले सहकारी तथा दुग्ध संस्थालाई बिक्री गरेको तर अझै भुक्तानी नपाएको दुग्धको बाँकी रकम तत्काल भुक्तानी गराउन सरकारलाई दवाब दिन पनि यो कार्यक्रम आयोजित गरिएको आयोजकले बताए ।कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष रामसरण आलेले सरकार किसान प्रतिको दायित्वबाट विमुख देखिएको उल्लेख गर्दै किसानको जीवन र उत्पादनको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए ।उनले हरेक वर्ष हुने प्राकृतिक विपत्तिले किसानलाई दयनीय बनाइरहेको र राहत वितरण प्रक्रियामा पनि ढिलाइ भइरहेकाले अब किसान आन्दोलन अपरिहार्य बनेको बताए ।

    images
    images

    त्यसैगरी कार्यक्रममा किसान महासंघका नेताहरू एकराज उप्रेती, विष्णु दंगाललगायतले किसानका माग परिपूर्ति नभएसम्म दबाब कार्यक्रम जारी रहने चेतावनी दिएका थिए । ¥यालीमा स्थानीय किसान, किसान सञ्जालका प्रतिनिधि तथा विभिन्न किसान संगठनका नेतृत्वकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend