images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • यस्तो छ आज तरकारी तथा...

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं,२३ कार्तिक  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४२ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ रहेको छ ।

    images
    images

    यस्तै, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ, मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १५० रुपैयाँ, मटरकोसा प्रतिकिलो १५० रुपैयाँ, तीतो करेला प्रतिकिलो १०० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ६० रुपैयाँ, घिरौँला प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

    images
    images

    पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायोसाग प्रतिकिलो ९० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १२० रुपैयाँ, चमसुर प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ, मेथीको साग प्रतिकिलो २०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो १००० रुपैयाँ निर्धारण गरिएको छ ।ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ३५० रुपैयाँ, सेलरी प्रतिकिलो ३८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो २०० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २६० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो १०० रुपैयाँ, जुनार प्रतिकिलो २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १२० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५० रुपैयाँ र किबी प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend