images

२०८३ कार्तिक ६ गते

images
images
images

सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

images
images
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
  • काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सञ्चालकमा ज्ञवालीलाई नियुक्त गरेको हो ।

    images
    images

    उक्त बैठकले आजैका मितिदेखि लागू हुने गरी ज्ञवालीलाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको बैंकले जनाएको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । ज्ञवाली यस अघि पनि यस बैंकको सञ्चालकमा रहिसकेको अनुभव समेत रहेको छ ।

    वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिङ पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend