images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • वर्षाबाट कृषि क्षेत्रमा ३ अर्ब ५५...

वर्षाबाट कृषि क्षेत्रमा ३ अर्ब ५५ करोडको क्षति

वर्षाबाट कृषि क्षेत्रमा ३ अर्ब ५५ करोडको क्षति

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौँ । कात्तिक २३, गत असोज महिनामा परेको अविरल वर्षाका कारण देशभरको कृषि तथा पशुपालन क्षेत्रमा करिब ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

    images
    images

    मन्त्रालयका अनुसार वर्षाका कारण कृषि बाली, पशुपन्छी, कृषि पूर्वाधार तथा बिउ बिजन क्षेत्रमा ठूलो क्षति पुगेको छ। मन्त्रालय मातहतका सबै प्रदेश कृषि निर्देशनालय र स्थानीय तहको समन्वयमा तयार गरिएको तथ्यांकका आधारमा यो अनुमान गरिएको हो।

    मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार क्षतिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराइएको छ, ताकि प्रभावित किसानलाई राहत, सहयोग तथा बिमा सहजीकरणका कार्यक्रम सञ्चालन गर्न सकियोस्।

    images
    images

    जोशीले भने, “खेतमा काटेर राखिएको धान वर्षाको पानीले भिजेर कुहिएको छ। यसले उत्पादनमा समेत ठूलो गिरावट ल्याउने प्रक्षेपण गरिएको छ।” उनका अनुसार काटिएको धान उठाउन नपाउँदा धेरै किसानलाई प्रत्यक्ष नोक्सानी भएको छ र मन्त्रालयले आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरेको छ।

    मन्त्रालयले मल, बिउ बिजन, प्रविधि तथा प्राविधिक सहयोगका कार्यक्रमलाई अघि बढाइरहेको भए पनि पर्याप्त बजेट नहुँदा विपद् प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट राहत वितरण गरिने बताइएको छ।

    जोशीका अनुसार, संकलित तथ्यांकका आधारमा आगामी दिनमा जोखिम न्यूनीकरण, अध्ययन तथा अनुसन्धान मार्फत दीर्घकालीन योजना तयार गरी कार्यान्वयन गरिने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend