images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • दराजको वर्षकै सबैभन्दा ठूलो सेल ‘११.११’...

दराजको वर्षकै सबैभन्दा ठूलो सेल ‘११.११’ सुरु हुँदै

दराजको वर्षकै सबैभन्दा ठूलो सेल ‘११.११’ सुरु हुँदै

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वर्षकै सबैभन्दा ठूलो सेल ‘दराज ११.११–द बिगेस्ट सेल अफ द इयर’ २४ गतेदेखि सुरु हुने जनाएको छ। ‘फर द शोस्टपर इन यु’ भन्ने थीममा आधारित यो अभियान मङ्सिर ५ गते  सम्म सञ्चालन हुनेछ।करीब दुई सातासम्म चल्ने यो मेगा सेलमा ग्राहकले ८५ प्रतिशतसम्म छुट, फ्ल्यास सेल, १ रुपैयाँ डिल, र एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने अवसर पाउनेछन्। 

    images
    images

    साथै, ३९९ रुपैयाँभन्दा माथिको खरिदमा डेलिभरी छुट र ६९९ रुपैयाँभन्दा माथिको खरिदमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ।सेल अवधिभर विभिन्न मूल्यका विशेष डिलहरू (११, १११, १,१११, र ११,१११ रुपैयाँ) पाउन सकिनेछ। राति सुरु हुने ‘मिडनाइट रश आवर’ मा ८ प्रतिशतसम्मका भौचर ( १,१११ रूपैयाँसम्म) उपलब्ध हुने र हरेक दिन बिहान ११ र बेलुका ७ बजे फ्ल्यास भौचर सार्वजनिक गरिने दराजले जनाएको छ।

    दराजका अनुसार, यस वर्ष सेताफिल, न्यूलाइट, युनिलिभर, होनसा, अल्टिमा लाइफस्टाइल लगायतका ब्रान्डहरू प्लेटिनम पार्टनर रहेका छन्।साथै, विभिन्न श्रेणीका वस्तुहरूमा विशेष छुटसहित इलेक्ट्रोनिक्स, फेसन, सौन्दर्य, घरायसी र जीवनशैली उत्पादनमा उत्कृष्ट अफर उपलब्ध हुनेछन्।

    images
    images

    दराजले यसपटक आफ्ना दराजमल सेवालाई पनि सुधार गरी प्रमाणित ब्रान्डहरूबाट मात्र वस्तु उपलब्ध गराउने बताएको छ। साथै, सात बैंकहरू (नबिल, हिमालयन, माछापुच्छ्रे, सानिमा, सिटिजन्स, प्रभु र गरिमा) मार्फत क्रेडिट कार्डमा २० प्रतिशत र डेबिट कार्डमा १५ प्रतिशत छुट पाउन सकिनेछ।‘दराज ११.११ अहिले नेपालकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव बनिसकेको छ। यसले ई–कमर्सलाई अझ सरल र फलदायी बनाउन हाम्रो उद्देश्यलाई सशक्त बनाएको छ,’ दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्। कम्पनीका अनुसार ‘फर द शोस्टपर इन यु’ अभियानमार्फत देशभरका लाखौं ग्राहकलाई अनलाइन किनमेलको नयाँ अनुभव दिलाउने लक्ष्य लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend