images

२०८३ आश्विन १९ गते

images
images
images

गोलभेँडाको मूल्य बढ्यो, कति पुग्यो किलोको?

गोलभेँडाको मूल्य बढ्यो, कति पुग्यो किलोको?

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • बजारमा गोलभेँडाको मूल्य बढेको छ। बर्षाले उत्पादनमा क्षति पुर्याएकाले गोलभेँडाको मूल्य बढेको कालिमाटी तरकारी बजारका व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। ‘पानीले उत्पादन कम छ। त्यो भएर मूल्य बढेको हो,’ उनले भने। उनका अनुसार अहिले कालिमाटी बजारमा टनेल र लोकल गरी दुई प्रकारका गोलभेँडा उपलब्ध छन्। त्यसमध्ये टनेल गोलभेँडा प्रतिक्रेट थोक मूल्य  १८ सय देखि २३ सय रूपैयाँसम्म छ।

    images
    images

    त्यस्तै, लोकल गोलभेँडा भने  क्रेटको सात सयदेखि एक हजार रुपैयाँसम्म छ। गोलभेँडाको मूल्य बढ्न थालेको मंगलबारदेखि हो, त्यसअघि टनेल गोलभेँडा प्रतिक्रेट १४ सयदेखि १५ सय रूपैयाँ थियो। त्यस्तै, लोकल गोलभेँडा पाँच सयदेखि ६ सय रूपैयाँ थियो। अहिले कालिमाटी बजारमा टनेल गोलभेँडा उपत्यकाबाट आइरहेको छ भने लोकल गोलभेँडा धादिङ, सर्लाही, काभ्रे लगायतका जिल्लाबाट आइरहेको छ।  गोलभेँडा प्रतिकिलो एक सय रूपैयाँसम्म तिरिरहेका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend