images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको...

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य भने यथावत, नेपाल आयल निगम

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य भने यथावत, नेपाल आयल निगम

images
images
शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • काठमाडौँ । कात्तिक १५, नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको नयाँ मूल्य निर्धारण गरी आज राति १ बजेदेखि लागू हुने जनाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर एक एक रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो। पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

    images
    images

    त्यस्तै, हवाई इन्धनको मूल्यमा समायोजन गरिएको छ। निगमका अनुसार आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धन प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट आपूर्ति हुने हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको छ।

    निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा यो समायोजन गरिएको स्पष्ट पारेको छ। नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ०.०३ रुपैयाँले र हवाई इन्धनको मूल्य प्रतिलिटर ०.८६ रुपैयाँले बढेको छ भने डिजेलको मूल्य प्रतिलिटर १.१९ रुपैयाँले घटेको निगमले जनाएको छ।

    images
    images

    नयाँ दर आज राति १ बजेदेखि देशभर लागू हुने निगमले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend