images

२०८३ आश्विन १६ गते

images
images
images

मधेस प्रदेशका ८ उत्कृष्ट किसान सम्मानित

मधेस प्रदेशका ८ उत्कृष्ट किसान सम्मानित

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • जनकपुरधाम । मधेस प्रदेशका  ८ जना उत्कृष्ट किसानलाई प्रदेश सरकारले सम्मान गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय धनुषाले आज आयोजित एक कार्यक्रममा किसानहरूलाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।विश्व खाद्य दिवसको अवसरमा ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारा सहित आयोजना गरिएको समारोहमा बारा जितपुर सिमरा–१८ का मकै किसान विनिता गौतम, पर्साका विन्दवासिनी–४ का च्याउ किसान सुजितकुमार चौरसिया, सर्लाहीका बागमती नगरपालिका–११ का मौरी किसान मणिप्रसाद पाण्डे, धनुषाको मिथिला नगरपालिका–८ का तरकारी किसान छविलाल महतो, रौतहटका कटहरिया नगरपालिका–५ का धान किसान रामसिंह राय यादव, सिराहा नगरपालिका–२ का खाद्यान्न बीउ उत्पादक किसान बलराम यादव, महोत्तरी पिपरा–४ का दलहन किसान अरुण ठाकुर र सप्तरी अग्नीसाइर कृष्णासवरण–२ का किसान महावीरप्रसाद चौधरी सम्मानित भएका छन् ।

    images
    images

    सम्मानित भएका किसानहरूलाई मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.उमेश दाहालले नगद २५ हजार, दोसल्ला र सम्मान पत्र प्रदान गरे । कार्यक्रममा सचिव दाहालले मधेस प्रदेशलाई मात्र अन्नको भण्डार नभई खाद्यान्न उत्पादनको प्रमुख केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने– ‘मधेसको उब्जनी वृद्धि आजको आवश्यकता हो । यदि हामीले स्थानीय उत्पादन बढाएर मात्रै देशभरका नागरिकलाई पर्याप्त खाध्यान्न उपलब्ध गराउन सक्छौँ भने समृद्धि दिगो हुनेछ । यसका लागि सरकार र किसान मिलेर काम गर्नु आवश्यक छ ।’कार्यक्रम निर्देशनालयका प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख डा.सरोज चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विमल दाहाल र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाका प्रमुख रविलाल शर्माले खाद्य सुरक्षा, गुणस्तरीय उत्पादन र प्रवर्द्धनका विषयमा जानकारी प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा ८ वटै जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख र विभिन्न कृषिसँग सम्बन्धित कार्यालयका प्रमुखहरू सहभागी थिए । कार्यक्रममा निर्देशनालयका अधिकृत सुदिप चौधरीले कार्यपत्र प्रस्तुत गरे भने वरिष्ठ बाली विकास अधिकृत प्रदीपकुमार यादवले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन इन्जिनियर सुमनकुमार साहले गरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend