images

२०८३ आश्विन १९ गते

images
images
images

गोलभेँडाको भाउ बढ्यो, किलोको कति ?

गोलभेँडाको भाउ बढ्यो, किलोको कति ?

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत ९ रुपैयाँ बढेको छ ।बुधबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६४ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    भारतीय ठूलो गोलभेँडाको भाउ पनि आज बिहीबार प्रतिकिलो ५ रुपैयाँले बढेर ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार भने भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।यस्तै लोकल गालभेँडाको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले बढेको छ । हिजो बुधबार २७ रुपैयाँमा किनबेच भएको लोकल गोलभेडाँको मूल्य आज किलोको ४२ रुपैयाँ कायम छ ।टनेलको सानो गोलभेँडा भने आज किलोको ५९ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो भने प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend