images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • असारभित्रै म्याद नाघेको कर्जा भुक्तानी...

असारभित्रै म्याद नाघेको कर्जा भुक्तानी गरे एनआईसी एसियाले ऋणीलाई यस्ता छुट दिने

असारभित्रै म्याद नाघेको कर्जा भुक्तानी गरे एनआईसी एसियाले ऋणीलाई यस्ता छुट दिने

images
images
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
  • एनआईसी एसिया बैंकले २०८० चैत मसान्तसम्मको म्याद गुज्रेका कर्जाको भुक्तानीमा छुट दिने समय केही दिन मात्र बाँकी रहेको जनाएको छ। 

    images
    images

    उक्त समयसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही असार महिनाभित्र चुक्ता भुक्तान गरे जरिवाना तथा हर्जना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत म्याद नाघेको अवधिअनुसार छुट दिने भएको हो। 

    यसअनुसार ९१ दिनदेखि १८० दिनको म्याद नाघेको कर्जाको साधारण ब्याजमा १५ प्रतिशत, १८१ देखि ३६५ दिन म्याद नाघेकामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी म्याद नाघेको कर्जामा ३५ प्रतिशत छुट पाइनेछ। 

    images
    images

    मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यो योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend