images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • अकबरे खोर्सानीले उचित बजार मूल्य नपाउँदा...

अकबरे खोर्सानीले उचित बजार मूल्य नपाउँदा किसान चिन्तित

अकबरे खोर्सानीले उचित बजार मूल्य नपाउँदा किसान चिन्तित

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • पाख्रीबास । धनकुटाका किसानले उत्पादन गरेको अकबरे खोर्सानीकाे बजार भाउ घटेपछि किसान चिन्तित बनेका छन् । व्यवसायिक रुपमा खेती गर्दै आएका किसानले उत्पादन गरेको अकबरे खोर्सानीको उचित बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका हुन् ।

    images
    images

    किसानले उत्पादन गरेको अकबरे खोर्सानीले बजार नपाएको गुनासो किसानले गर्दै आएका छन् । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान निराश बनेका छन् । गत वर्ष अकबरे खोर्सानी प्रति केजी रु ३ सयदेखि ४ सयसम्म बिक्रि भएको थियो । तर यस वर्ष हाल बजारभाउ प्रति केजी १ सयदेखि १ यस ८० रुपियाँमा मात्रै कारोबार भइरहेको किसान प्रदिप ओझाले बताउनुभयो । उहाँले करिब ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लागउनुभएको छ । उत्पादन बढी भएपछि बजार मूल्य घटेको हो कि भन्ने उहाँ बताउनुहुन्छ । जसले गर्दा अकबरे खोर्सानी कृषक मारमा छौ, कृषक ओझाले गुनासो गर्नुभयो ।

    त्यसो त पहिले अकबरे खोर्सानीको बजार राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्थे अहिले उत्पादन भएपनि मूल्य नभएको किसानले गुनासो गरे । पछिल्लो समय अकबरे खेती विस्तारका लागि सबैले सहयोग गर्ने, तर बजारीकरणका लागि कसैले वास्ता नगरेपछि वर्षेनी कृषिउपजको बजारमा समस्या सिर्जना हुँदै गएको किसान बताउँछन् । अकबरे खोर्सानीको बजार जेठदेखि सुरु हुन्छ । गएका वर्षमा उत्पादन पनि राम्रो र बजारभाउ पनि राम्रो थियो तर यस वर्ष भने उत्पादन भएपनि उचित मूल्य नपाएको कृषकको भनाइ छ ।

    images
    images

    अकबरेको खोर्सानीको बजार मूल्य नपाउँदा किसान मारमा परेको पाख्रीबास नगरपालिका–७, का किसान भूपाल थापालेल बताउनुभयो । मूल्य नपाएकाले खेती नै संकटमा पर्ने हो कि उहाँले गुनासो गर्नुभयो । थापाले करिब ४ रोपनी क्षेत्रफलमा अकबरे खोर्सानी लागाएको बताउनुभयो । उहाँले प्रति केजी १ यस ५० रुपियाँले विक्रि गरेको बताउनुभयो । "गएको वर्षभन्दा यस वर्ष बजार भाउन नपाउँदा हामी मारमा परेका छौं", उहाँले गुनासो गर्नुभयो । अकबरे खोर्सानी एकपटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ । दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ । जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन् । थोरै मेहनत र लागतबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका हुन् । 

    कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा करिब ८० हेक्टर क्षेत्रफलमा किसानले व्यवसायिक रुपमा अकबरे खोर्सानीको गर्दै आएको जनाएको छ । केन्द्रका सूचना अधिकारी रत्न ठाडा मगरले दिएको जानकारी अनुसार जिल्लामा अघिल्लो आ.व. २०८०-०८१ मा ८५ हेक्टर क्षेत्रफलमा ९ सय ७३ दशमलब १५ मेक्ट्रिकटन उत्पादन भएकोमा गत आ.व. २०८१-०८२ मा ८ सय मेट्रिक्टन अकबरे खोर्सानी उत्पादन भएको जानकारी दिनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend