काठमाडौँ । कात्तिक १०, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना केही संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको जम्मा २ हजार २६८ कित्ता संस्थापक शेयर बिक्रीका लागि उपलब्ध गराएको हो।
कम्पनीका अनुसार सो शेयर हालका विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र खरिदका लागि खुला गरिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको कैलालीस्थित केन्द्रीय कार्यालय वा बुढानीलकण्ठस्थित कर्पोरेट कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।
यदि तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरूबाट खरिदका लागि निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणका लागि बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।




.gif)





