काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ।
यससँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार सोही सुन २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ९ सय ८० रुपैयाँमा झरेको हो, अर्थात् ३५ रुपैयाँले कमी आएको हो।
सुनचाँदीको मूल्यमा पछिल्ला दिनहरूमा देखिएको निरन्तर उतारचढावले बजारमा अनिश्चितता बढाएको व्यवसायीहरू बताउँछन्।




.gif)





