images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपालले टी–२० विश्वकप एसिया छनोटको उपाधि...

नेपालले टी–२० विश्वकप एसिया छनोटको उपाधि जित्यो, २०२६ विश्वकपमा स्थान सुरक्षित

नेपालले टी–२० विश्वकप एसिया छनोटको उपाधि जित्यो, २०२६ विश्वकपमा स्थान सुरक्षित

images
images
शनिवार, कार्तिक १ २०८२
शनिवार, कार्तिक १ २०८२
  • काठमाडौँ । नेपालले ओमानमा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्दै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको छ। नेपालले शनिबार भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै शतप्रतिशत जितसहित प्रतियोगिता आफ्नो पक्षमा पारेको हो।

    images
    images

    नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनायो। टोलीका दुई खेलाडीले अर्धशतक प्रहार गरे,आसिफ शेखले ४१ बलमा ६९ रन र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रन। कप्तान रोहित पौडेलले १२ बलमा २१ तथा लोकेश बमले १२ बलमा अविजित ३९ रन बनाए। कुशल भुर्तेल १७ रन र आरिफ शेख ९ रनमा आउट भए।

    जवाफी ब्याटिङमा सामोआ २० ओभरमा ७ विकेट गुमाएर केवल ८७ रनमै सीमित रह्यो। सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रनको योगदान दिए।

    images
    images

    नेपालका ललित राजवंशीले ३ विकेट, करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एक एक विकेट लिए।

    यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा रहँदै २०२६ को टी–२० विश्वकपमा स्थान बनाएको हो। ओमन दोस्रो तथा युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend