काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। ओमानमा आयोजित प्रतियोगिताको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपालले शतप्रतिशत जित सहित शीर्ष स्थान हासिल गरेको हो।
शनिबार सम्पन्न खेलमा नेपालले सामोआलाई १२४ रनको विशाल अन्तरले हरायो। नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याउँदै सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो। सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन जोडे। नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकरएक विकेट लिए।
यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल स्कोर खडा गरेको थियो। ओपनर आसिफ शेखले ४१ बलमा ६९ रन बनाउँदै आक्रामक सुरुवात दिलाए भने दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रन जोडे। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाए भने लोकेश बम १२ बलमा अविजित ३९ रनमा रहे।
यो जितसँगै नेपालले सन् २०२६ मा हुने टी–२० विश्वकपका लागि स्थान पक्का गरेको छ। प्रतियोगितामा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएका अन्य टोली बनेका छन्।




.gif)





