images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपाल सुपर सिक्सको अन्तिम खेल आज...

नेपाल सुपर सिक्सको अन्तिम खेल आज सामाओसँग खेल्दै,उपाधि नजिक

नेपाल सुपर सिक्सको अन्तिम खेल आज सामाओसँग खेल्दै,उपाधि नजिक

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ । असोज ३१,आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले सुपर सिक्स चरणको अन्तिम खेल आज सामाओसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

    images
    images

    विश्वकपका लागि पहिल्यै छनोट भइसकेको नेपाल आजको खेलमा सामाओलाई पराजित गर्न सके पहिलोपटक आइसीसीको प्रतियोगिताको उपाधि जित्नेछ। प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहेको नेपालले सुपर सिक्समा युएईलाई १ रन, कतारलाई ५ रन र ओमानलाई ३८ रनले पराजित गरेको थियो।

    सरकारी पुरस्कार ऐन अनुसार उपाधि जितेमा प्रत्येक खेलाडीले १९ लाख ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछन्। यस्तै, यसअघि वेस्ट इन्डिजसँगको टी–२० द्विपक्षीय सिरिज जितेकोमा पनि खेलाडीहरूले १ लाख रुपैयाँ पुरस्कार पाइसकेका छन्।

    images
    images

    नेपालले सन् २०१० मा आइसिसीको लिग डिभिजन ५ को उपाधि जितेको थियो। त्यो पछिको सम्भावित उपाधि आज सामाओ विरुद्धको जितसँग जोडिएको छ।

    सामाओ भने सुपर सिक्स चरणका तीनै खेलमा हार बेहोरेको टिम हो, जसले नेपालका लागि थप आत्मविश्वास जगाउनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend