images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपालद्वारा ओमानमाथि ३८ रनको जित, टी–२०...

नेपालद्वारा ओमानमाथि ३८ रनको जित, टी–२० विश्वकप छनोटमा शीर्ष स्थानमा उक्लियो

नेपालद्वारा ओमानमाथि ३८ रनको जित, टी–२० विश्वकप छनोटमा शीर्ष स्थानमा उक्लियो

images
images
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ । असोज ३०, आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोट अन्तर्गत भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै उपाधिनजिक पुगेको छ। ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।

    images
    images

    ओमानका लागि विनायक शुम्लाले सर्वाधिक ३२ रन बनाउँदा मोहम्मद नदीमले २५ रनको योगदान दिए। नेपालका लागि गुल्शन झाले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए भने नन्दन यादव र सोमपाल कामीले समान दुई दुई विकेट लिए। सन्दीप लामिछानेले एक विकेट लिन सफल भए।

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्का सहित सर्वाधिक ६९ रन बनाए। त्यसैगरी, आसिफ शेखले २४ रन, गुल्शन झाले १८ रन र आदिल आलमले १६ रन बनाए।

    images
    images

    ओमानका बलर नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले दुई–दुई विकेट लिए।

    यस जितसँगै नेपालले आठ अङ्क जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ओमान छ अङ्क सहित दोस्रो स्थानमा छ। यसअघि नै टी–२० विश्वकप २०२६ मा स्थान पक्का गरिसकेको नेपाल आज शुक्रबार सुपर सिक्सको अन्तिम खेलमा सामोआ सँग भिड्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend