images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिन आज...

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

images
images
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौँ । असोज २९, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयरमा आवेदन दिने आज असोज २९ गते अन्तिम दिन हो। कम्पनीले यही असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

    images
    images

    नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गरेको छ। तीमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको १ लाख ६३ हजार १२५ कित्ता आईपीओको बाँडफाँड सम्पन्न भइसकेको छ।

    बाँकी रहेको शेयरमध्ये १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोषलाई र १ लाख २३ हजार ९७५ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ लाख १० हजार ४९३ कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो।

    images
    images

    आवेदन कसरी गर्ने ? सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम समय आजको बैंकिङ समय (अन्दाजी अपराह्न ३ देखि ५ बजेसम्म) सम्म रहेको छ।

    धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड ले गरेको छ। इच्छुक लगानीकर्ताले आफ्नो मेरोडिम्याट खाता र आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend