images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपाल विश्वकप छनोटको सङघारमा सन्दीप लामिछानेको...

नेपाल विश्वकप छनोटको सङघारमा सन्दीप लामिछानेको पाँच विकेटले कतारविरुद्ध ५ रनको रोमाञ्चक जित

नेपाल विश्वकप छनोटको सङघारमा सन्दीप लामिछानेको पाँच विकेटले कतारविरुद्ध ५ रनको रोमाञ्चक जित

images
images
मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौँ । असोज २८, सन्दीप लामिछानेको घातक बलिङ प्रदर्शनको मद्दतले नेपालले सोमबार टि–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा कतारलाई ५ रनले हराएको छ। ओमानमा जारी प्रतियोगितामा यो जितसँगै नेपाल विश्वकप छनोटको सङघारमा पुगेको छ।

    images
    images

    पाँच विकेट लिएर चम्किए सन्दीप लामिछानेले ३.५ ओभरमा मात्र १८ रन खर्चेर ५ विकेट लिएर नेपालको जितमा निर्णायक भूमिका खेले। सन्दीपलाई उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित गरिएको छ। नन्दन यादवले २ विकेट र दिपेन्द्रसिंह ऐरीले १ विकेट लिएर सन्दीपलाई बलिङमा राम्रो साथ दिएका थिए।

    कतारको बलियो सुरुवात, तर।।। प्रारम्भिक ब्याट्सम्यान इमाल लियानागे (५५ रन) र जुबेर अली (५२ रन) को अर्धशतकसहितको साझेदारीपछि कतार सहज जिततर्फ अघि बढिरहेको थियो। तर अन्तिम ओभरहरूमा नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि कतार एक बल बाँकी छँदै १४२ रनमै अलआउट भयो।

    images
    images

    नेपालको चुनौतीपूर्ण लक्ष्य यसअघि, ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर ब्याटिङ रोजेको नेपालले ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ४१ बलमा सात चौका र एक छक्का सहित ५८ रन बनाए। दिपेन्द्रसिंह ऐरीले २६ रन, गुलशन झा १६, र सोमपाल कामीले १४ रन बनाए।

    अन्य ब्याट्सम्यानबाट उल्लेख्य योगदान आउन सकेन। बलिङमा कतारका लागि कतारका मिर्जा मोहम्मद बेग र डेनियल आर्चरले तीन–तीन विकेट लिए। मोहम्मद आसिम लियाकत अली र ओवासिस अहमदले एक–एक विकेट लिए।

    नेपालको अपराजित यात्रा नेपाल सुपर सिक्स चरणमा तीनमध्ये तीन खेल जितेर ६ अंक सहित शीर्ष स्थानमा छ। यसअघि, नेपालले समूह चरणमा दुवै खेल जितेको थियो र सुपर सिक्सको पहिलो खेलमा यूएईलाई एक रनले हराएको थियो।

    यदि नेपालले अबको खेल पनि जित्न सफल भयो भने उसले आगामी २०२६ मा हुने आईसीसी टि–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend