काठमाडौँ । असोज २८, हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश स्थानमा मौसम मुख्यत सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली देखिनेछ भने बाँकी भूभागहरूमा आकाश प्राय सफा रहनेछ। कोशी प्रदेशको पहाडी क्षेत्रमा भने एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले निकट दिनहरूमा पनि मौसम स्थिर रहने पूर्वानुमान गरिएको छ।




.gif)





