images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • एक महिनामा २ अर्ब बराबरको कृषि...

एक महिनामा २ अर्ब बराबरको कृषि उत्पादनको बीउ आयात, भित्रियो २३ हजार ५ सय मेट्रिक टन बीउ

एक महिनामा २ अर्ब बराबरको कृषि उत्पादनको बीउ आयात, भित्रियो २३ हजार ५ सय मेट्रिक टन बीउ

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौँ । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिनामा अर्थात साउनमा नेपालले २ अर्ब १५ करोड रुपैयाँको कृषि उत्पादनको बीउ आयात गरेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक वयापार तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन मसान्तसम्ममा नेपालले २ अर्ब १५ करोड १५ लाख ९२ हजार रुपैयाँको बीउ आयात गरेको हो ।

    चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २३ हजार ५ सय ८३ मेट्रिक टन बीउ आयात भएको हो । टमाटर, सूर्यमुखी, उखु, प्याज, विभिन्न सजावटका फूल, तरकारी र विभिन्न खाद्यान्न बाली लगायतका बीउ आयात गरिएको हो । 

    images
    images

    यी कृषि उपजको बीउ भारत, चीन, पाकिस्तान, टर्की, कोरिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ ।

    पछिल्लो पटक किसानले रैथाने बीउभन्दा आयात हाइब्रिड बीउ रुचाउन थालेका छन् । यसकारण बर्षेनी अर्बको कृषि उपजको बीउ आयात हुँदै आएको छ । गतवर्ष मात्रै २१ अर्ब ७७ करोड रुपैयाँको कृषिजन्य वस्तुको बीउ आयात भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend