images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम,...

हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपिन जोशीको नाम भने नरहेको खुलासा

हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपिन जोशीको नाम भने नरहेको खुलासा

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’का अनुसार सार्वजनिक सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश गरिएको छैन।

    images
    images

    विपिन जोशी अघिल्लो महिनामा हमासको आक्रमण पछिको संघर्षका क्रममा हराइ रहेका थिए। उनी इजरायलको एक कृषिक फार्ममा काम गरिरहेका बेला हमासद्वारा अपहरणमा परेको आशंका गरिएको थियो। तर हाल सार्वजनिक नामावलीमा उनको नाम नरहेकाले उनको अवस्थाबारे अझै अन्योल कायमै रहेको छ।

    बीबीसीका अनुसार हमासद्वारा रिहा गरिन लागेका २० जना बन्धकहरूका नाम निम्नानुसार छन्ः बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ (चाइम) ओहाना,सेगेव काल्फन,अविनातान ओर,एल्काना बोहबोट,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ (डलाल),रोम ब्रास्लाब्स्की,एरिएल कोनियो ।
    यसअघि केही बन्धकहरूको सफल रिहाइ भइसकेको भए तापनि, अझै सयौंको संख्यामा विभिन्न देशका नागरिकहरू हमासको नियन्त्रणमा रहेको अनुमान गरिएको छ।

    images
    images

    नेपाल सरकारले पनि विपिन जोशी सहित अरू नेपालीहरूको अवस्थाबारे स्पष्ट जानकारी माग गर्दै सम्बन्धित निकायहरूसँग सम्पर्क गरिरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend