images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • इजरायलले सोमबार बिहानदेखि गाजाबाट बन्धक फिर्ता...

इजरायलले सोमबार बिहानदेखि गाजाबाट बन्धक फिर्ता ल्याउने प्रक्रिया सुरु गर्ने

इजरायलले सोमबार बिहानदेखि गाजाबाट बन्धक फिर्ता ल्याउने प्रक्रिया सुरु गर्ने

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • तेल अभिव । इजरायलका होस्टेज संयोजक गल हिर्शले गाजाबाट बन्धक फिर्ता ल्याउने प्रक्रिया सोमबार बिहान देखि सुरु हुने सम्भावना रहेको बताएका छन्। Reuters का अनुसार, इजरायली सरकारका प्रवक्ताले पनि करिब २० जीवित बन्धकहरू सोमबार बिहान ६,७ बजेदेखि फिर्ता गरिने पुष्टि गरेका छन्।

    images
    images

    इजरायलले रेडक्रसको समन्वयमा सबै तयारी पूरा गरिसकेको जनाएको छ। ८ देखि १० वटा रेडक्रस सवारीसाधनले बन्धकहरूलाई गाजाबाट इजरायलको सीमा हुँदै ल्याउनेछ। त्यसपछि बन्धकहरूलाई रिइम क्याम्पमा लगिनेछ, जहाँ उनीहरूको स्वास्थ्य परीक्षण र मनोवैज्ञानिक परामर्श दिइनेछ। त्यसपछि उनीहरूलाई परिवारसँग भेट गराइनेछ र आवश्यक भए अस्पतालमा उपचारको व्यवस्था गरिनेछ।

    त्यसैगरी, इजरायलले करिब २८ जना मृत बन्धकहरूको शव पनि गाजाबाट ल्याउने तयारी गरिरहेको छ। रेडक्रसका सवारीहरूले जीवित बन्धकहरू ल्याइसके पछि मृतकहरूको अवशेष ल्याइनेछ। ती शवहरूलाई सम्मानपूर्वक अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइने बताइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend