images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपालले यूएईलाई १४१ रनको लक्ष्य प्रस्तुत...

नेपालले यूएईलाई १४१ रनको लक्ष्य प्रस्तुत गर्‍यो

नेपालले यूएईलाई १४१ रनको लक्ष्य प्रस्तुत गर्‍यो

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

    images
    images

    ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको हो।

    नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रनको योगदान दिए। उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन जोडे। कप्तान रोहित पौडेलले २० रन बनाए भने गुल्सन झाले ५ बलमा २ चौका र १ छक्कासहित आक्रामक १५ रनको योगदान दिए। कुशल मल्लले १० रन बनाएका थिए। अन्तिमतिर सन्दीप जोरा (४ रन) र सोमपाल कामी (६ रन) अविजित रहे।

    images
    images

    यूएईका लागि बलिङतर्फ मोहम्मद रोहिद, हैदर अली, जाहिद अली, हर्सिक कौशिक र ध्रुव परासरले समान १–१ विकेट लिए।

    यसअघि नेपाल समूह बी अन्तर्गत जापान र कुवेतलाई पराजित गर्दै अविजित रूपमा सुपर सिक्समा प्रवेश गरेको हो। त्यस्तै, यूएईले समूह एमा कतार र मलेसियालाई हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend