काठमाडौँ । असोज २४, इजरायल र हमासबीच युद्धविरामको सहमति पश्चात् बन्धकको रिहाइ प्रक्रिया सुरु हुने भएको छ। हमासले कब्जामा राखेका बन्धकहरूमध्ये जीवित रहेका २० जनाको सूची सार्वजनिक गरिएको छ।
सार्वजनिक सूची अनुसार ती २० जना अहिले हमासको नियन्त्रणमा जीवित छन्। यद्यपि नेपालका नागरिक विपिन जोशी र इजरायली सैनिक तामिर निमरोदीको अवस्था अझै अज्ञात छ। हमासले नियन्त्रणमा लिएका अन्य २६ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ।
यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक वक्तव्यमा हमासले कब्जामा राखेका सबै बन्धकहरू सोमबार वा मंगलबार सम्म रिहा गरिने दाबी गरेका छन्।
यो बन्धकको रिहाइ युद्धविराम सम्झौताको महत्त्वपूर्ण अङ्ग मानिएको छ, जसले क्षेत्रीय तनाव कम हुने आशा गरिएको छ।




.gif)





