images

२०८३ आश्विन २३ गते

images
images
images

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं ।रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा १५ लाख अनुदान पाएका हुन् ।

    images
    images

    पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर पाँचका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए। फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए । करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख गरे।

    बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए । फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चार सय ७७ किसानले १५ लाख अनुदान पाएका उनले जानकारी दिए ।खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन् ।

    images
    images

    कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend