images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • सामूहिक रुपमा खेती गर्दै दाङका महिला...

सामूहिक रुपमा खेती गर्दै दाङका महिला लाखौँ आम्दानी गर्न सफल

सामूहिक रुपमा खेती गर्दै दाङका महिला लाखौँ आम्दानी गर्न सफल

images
images
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौँ । पछिल्लो समय दाङका महिलाहरू सामूहिक खेतीतर्फ आकर्षित भएका छन्। घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक रुपमा खेती गर्दै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

    images
    images

    समूहकी कोषाध्यक्ष वसन्ती चौधरीका अनुसार, समूहमा आवद्ध २० जना महिलाले २५ कट्ठा जमिन भाडामा लिएर आलु र प्याजखेती गरेका थिए। “आलु उत्पादन राम्रो भयो, प्याज पनि राम्रो भएको छ,” उनले भनिन्, “दुईवटा टनेल बनाएर थप तरकारीखेती पनि गरेका छौँ।”

    कृषि ज्ञान केन्द्रबाट लक्षित वर्गका लागि आर्थिक सहयोग प्राप्त भएको उनले बताइन्। बीउपुँजीका लागि प्रत्येक सदस्यले २०–२० हजार रुपैयाँ बराबरको सहयोग पाएको हो। सरकारी तथा अन्य निकायबाट अनुदान कार्यक्रमबारे जानकारी पाउने र त्यसको लागि फारम भर्ने अवसर पनि समूहमा आबद्ध भएपछि पाइएको उनले बताइन्।

    images
    images

    समूहकी अध्यक्ष देउकुमारी चौधरीका अनुसार, आफ्नै र भाडामा लिएको जमिनमा सामूहिक खेती भइरहेको छ। घरको जमिनमा गरिएको खेती परिवारको लागि प्रयोग गरिए पनि सामूहिक खेतीबाट भएको आम्दानी समूहकै खातामा जम्मा हुने गरेको छ।

    गत वर्षको आम्दानी विवरणअनुसारःधानः रु ६०,०००,आलुः रु २०,०००,ब्रोकाउलीः रु १२,१५०,तरकारी बेर्नाः रु ८,३००,काउलीः रु ४,५००,प्याज बेर्नाः रु ३,०००,गहुँः रु १२,०००,कुल आम्दानीः रु १,१९,९५० भएको छ। अहिले पनि १५ क्विन्टल प्याज बिक्री प्रक्रिया भइरहेको अध्यक्ष चौधरीले जानकारी दिइन्।

    उनीका अनुसार, सामूहिक खेती गर्दा खेतालाको अभावमा पनि सजिलै खेती सम्भव भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सहयोगमा बङ्गुर पालनका लागि १० लाख रुपैयाँको खोर निर्माणसमेत गरिएको छ।

    समूहले वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। बचत, लगानी, ऋण व्यवस्थापन तथा आम्दानी–खर्च योजनाबद्ध ढंगले गर्न थालेका छन्। “सामूहिक काम गर्दा छिटो र सजिलो हुन्छ, खेताला लगाउन नपर्ने र काम समयमै सकिने भएको छ,” अध्यक्ष चौधरीले भनिन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend