images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपालको आग्रह, बन्धक बनाइएका विपिन जोशीको...

नेपालको आग्रह, बन्धक बनाइएका विपिन जोशीको तत्काल रिहाइको माग

नेपालको आग्रह, बन्धक बनाइएका विपिन जोशीको तत्काल रिहाइको माग

images
images
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । असोज २३, नेपाल सरकारले हमासद्वारा इजरायलमा बन्धक बनाइएका कञ्चनपुर निवासी विपिन जोशीको तत्काल सकुशल रिहाइको माग गरेको छ। सन् २०२३ को अक्टोबर ७ देखि जोशी हमासको नियन्त्रणमा रहेका छन्।

    images
    images

    परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपालले हालै इजरायल र हमास बीच अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ‘मध्यपूर्व शान्ति योजना’को पहिलो चरण कार्यान्वयन गर्न बनेको सहमतिलाई स्वागत गरेको जनाएको छ।

    मन्त्रालयले उक्त सहमति साँचो भावना अनुरूप कार्यान्वयन भई गाजाका जनतासम्म मानवीय सहायता सहज रूपमा प्रवाह हुनुपर्ने र यसले दीर्घकालीन शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेको छ।

    images
    images

    नेपालले यस सहमति सम्भव बनाउन महत्वपूर्ण भूमिका खेलेका अमेरिका, कतार, इजिप्ट र टर्कीलाई धन्यवाद ज्ञापन गर्दै सबै पक्षसँग गाजामा शान्ति स्थापना र मानव अधिकारको संरक्षणका लागि सहकार्यको आह्वान गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend